पछिल्लो समय कुकुर, बिरालो, खरायाजस्ता घरेलु जनावरप्रति आकर्षण बढ्दै गएको छ।
थरीथरीका कुकुर, बिराला, चरा र खरायालगाय पाल्ने सोख झाँगिदै गएको छ। तर जनावरप्रेमीहरु उनीहहरुको खानपानदेखि स्वास्थ्यसम्ममा सचेत हुन उत्तिकै जरुरी छ।
यी जनावरलाई दिइने खानाले नै उनीहरुको स्वास्थ्य निर्धारण गर्छ। बजारमा पाइएका जति सबै खाना गुणस्तरीय र गुणकारी नहुनसक्छन ?
कुकुलाई कस्तो खानपान गराउने भन्नेबारे कुकुरप्रेमीले जान्न आवश्यक हुन्छ।
बजारमा कुकुरको लागि भनेर बनाइएका थुप्रै खानेकुरा छन् । धेरैले त्यहि खानेकुराको समेत प्रयोग गरिहेका हुन्छन् । तर ती सबै खानेकुरा कुकुरलाई दिन स्वस्थ नहुन पनि सक्छन् ।
कतिपय मानिसलाई आफ्नो घरपालुवा कुकुरलाई कस्तो खालको खाना राम्रो हुन्छ भन्ने थाहा हुँदैन ।
कस्ता खाने कुरा उपयुक्त छन् र विश्वास योग्य छन ? अब हामी हाम्रो हिमानी क्लिक बजारमार्फत त्यस्ता बस्तु सप्लाई मात्र होइन सम्बन्धित विज्ञ र जानकारमार्फत यहाँहरुको जिज्ञासा समाधान पनि गर्ने छौँ ।
हामी यहाँका समस्यालाई लिएर वर्षौँ यो पेसामा अनुभव बटुलेका जानकारलाई यहाँहरुको जिज्ञासा समाधानको अवसर प्रदान पनि गर्नेछौँ ।
कुकुरहरूलाई पूर्ण रूपमा स्वस्थ हुनको लागि तिनीहरूको हेरचाह कसरी गर्ने ? कस्ता रोगहरुका कारण हाम्रा प्रिय घरपालुवा जनावर कमजोर हुन्छन् र उनीहरुको स्याहार घरमै पनि कसरी गर्ने ? यस विषयमा विषय विज्ञहरुसँग समेत यहाँहरुलाई जोड्ने छौँ ।
यहाँहरुले हामीलाई आफ्ना समस्या, जानकारी लिन चाहेका विषय हाम्रा विभिन्न माध्यममा लेखिपठाउनुभयो भने हामी विज्ञहरुका सुझाव, उपाय र परामर्श यहाँहरुसम्म पस्कनेछौँ । यो हिमानी क्लिक बजारको सामाजिक उत्तरदायित्व रहनेछ ।
